जिन (Gene)
मानव शरिरकै कुरा गर्दा यो अरबौं कोष मिलेर बनेको हुन्छ । एक मानव कोषमा जम्मा २३ जोडी क्रोमोजोम रहन्छन् । प्रत्येक एक क्रोमोजोममा औषत ३०,००० जिनहरू (Genes) हुन्छन् । जीनले वंशाणुगत गुण तथा शारीरिक लक्षण सम्बन्धी सूचना भण्डारण गरेर राख्छ । बुबाआमाका शारीरिक गुणहरू बोकेर सन्तानसम्म पुर्याउने जिम्मेवारी जिनकै हो । हरेक जिनले DNA नामक एक प्रकारको अम्लमा सूचनाहरू राख्छ र त्यसै अनुसार शरीरलाई आवश्यक करिब १० भन्दा धरै प्रकारका प्रोटिनहरूको विकास गर्छ । प्रत्येक प्राणी तथा वनस्पतिमा जिनको अस्तित्व रहन्छ । SARS-CoV-2 को भाइरस एउटा जीवनको सम्भावना बोकी सुषुप्तावस्थामा रहेको क्याप्सुल हो जहाँ विभिन्न प्रकृतिको प्रोटिनले घेरिएर बीचमा रहेको जिनले RNA नामक अम्लमा भाइरसका सम्पूर्ण सूचना (code) राख्छ । स्वस्थ प्राणीकोष भेट्नासाथ यो भाइरसको क्याप्सुल जीवित हुन्छ र यसले लाखौं करौडौंको संख्यामा आफ्नो प्रतिलिपि बनाई प्राणीलाई अस्वस्थ बनाउँछ ।
SARS-CoV-2
को जिनमा आउने
परिवर्तन (Genetic mutation)
Corona virus को नामकरण Crown (शिरमा
लगाउने काँडेदार ताज) आकारसँग सम्बन्धित भएर गरिएको
पाइन्छ । कोरोना भाइरसका सतहमा पनि crown
का जस्तै काँडेदार protein पाइन्छन्
जसले संक्रमण गराउन/स्वस्थ प्राणीको कोषलाई समाउन (process
of binding) मुख्य भूमिका
खेल्छ । SARS-CoV-2 (Severe
Acute Respiratory Syndrome Corona Virus-2)
एक Corona
Virus परिवारको भाइरस हो जसले COVID-19 नामको
रोग लगाउँछ । सन् 2003 को महामारी निम्त्याउने Corona
प्रजातिको SARS भाइरसलाई
पहिलो मानिएकाले हालको सोही परिवारको तर फरक भाइरसलाई अन्त्यमा "2" अंकले नामकरण गरिएको हो । Genetic mutation प्राकृतिक विकासको
एउटा साधारण प्रकृया हो । सामान्य रूपमा बुझ्दा समयको अन्तरालसँगै जिनको काम गर्ने
प्रकृतिमा देखिने परिवर्तन नै genetic mutation
हो । जब जिनमा थोरै
परिवर्तन आई फरक ढङ्गबाट काम गर्न थाल्छ त्यो पहिलेको भन्दा केही फरक हुन्छ । यही
फरक अवस्थालाई भेरियन्ट (Variant) भनिन्छ । जिनको
Variant बन्नु नकारात्मक नै हो भन्ने हुँदैन ।
हाम्रा शरीरमा भएका भएका धरै प्रकारका जिनहरूले पनि genetic mutation बाट सबल र चमत्कारपूर्ण क्षमता भएका variant बनाउन
सक्छन् । उदाहरणका लागि MidWest, USA मा एउटा परिवार भयानक कार दुर्घटनामा
पर्दा पनि कसैको हाडमा चोट नलागेको कुराले डाक्टरहरूलाई सोचनीय बनाएको र X-Ray गरेर
हेर्दा ती परिवारको हाड असामान्य रूपमा बाक्लो भएको पाइयो । बिगत लामो समयदेखि
उक्त परिवारमा कसैको कहिलै हाड नभाँचिएको समेत कुरा थाहा भएपछि थप अनुसन्धान गर्दा
हाड सघन बनाउन भूमिका खेल्ने जिनको LRP5 नामक
protein मा आएको genetic
mutation (variant) ले
यस्तो चमत्कारिक परिवर्तन भएको खुलेको थियो । त्यस्तै Italy को
सानो समुदायका सदस्यमा रक्तनलीबाट कोलेस्टेरोल हटाउने protein (Apolipoprotein) बनाउने जिनमा देखिएको genetic mutation (variant) का कारण उक्त जिनको variant ले
अति सक्षमताका साथ काम गर्ने गरेको र त्यहाँका सबैको हृदयघात हुने सम्भावना असामान्य
रूपमा अति नै न्यून रहेको रहस्य खुलेको थियो ।
SARS-CoV-2 को genetic
mutation बाट बनेको नयाँ variant चाहिं
प्राणीका लागि अझ जोखिमपूर्ण बनिरहेको छ । WHO
का अनुसार हाल
प्रारम्भिक चरणमा देखिएक केही भेरियन्टहरूको बाहिरी Spike protein (बाहिरी काँडा)
मा genetic mutation देखिएको जसको अर्थ हुन्छ भाइरसको
नयाँ variant ले स्वस्थ प्राणीकोषलाई समात्न सक्ने
क्षमता र तरिकामा सुधार ल्याएको छ । US
government interagency group ले
त हालसालै देखिएको variant को संक्रमण क्षमता पहिलेको भन्दा ५०
प्रतिशत बढी रहेको जनाएको छ ।
Variant को वर्गीकरण
US Government
Interagency Group ले
स्पस्ट रूपमा SARS-CoV-2 का हालसम्म प्राप्त variant हरूको
वर्गीकरण निम्नानुसार गरेको छ ।
A.
VoI (Variant of
Interest): अघिल्लो संक्रमण
वा खोपबाट हाम्रो शरिरमा बनेको antibody लाई केहि हदसम्म जितेर प्राणीलाई
अस्वस्थ बनाउन सक्ने तथा संक्रमणको क्षमता (transmissibility)
मा केही वृद्धि देखिएको variant हरू
जस्तै हालसम्म प्राप्त VOI हरूः B.1.525,
B.1.526, B.1.526.1, B.1.617, B.1.617.1, B.1.617.2, B.1.617.3, P.2
B.
VoC (Variant of
Concern): संक्रमणको क्षमता
(transmissibility) मा औषत ५० प्रतिशतले वृद्धि भएको
तथा अघिल्लो संक्रमण वा खोपबाट हाम्रो शरिरमा बनेको antibody लाई
सहजै जितेर प्राणीलाई अस्वस्थ बनाउन सक्ने प्रकृतिको variant हरू
(फलतः अस्पतालमा हुने भर्नादर र मृत्युदरमा
अधिक वृद्धि)जस्तै हालसम्म प्राप्त VoC हरूः B.1.1.7,
B.1.351, B.1.427, B.1.429, P.1
C.
VoHC (Variant of
High Consequence): हाल
भएका जस्तासुकै उपचारात्मक पद्धतिले काम गर्न मुस्किल पर्ने, खोपको
प्रभावकारिता अति नै असफल बन्ने तथा रोगीमा एकैसाथ धेरै लक्षण/समस्याहरू देखिने
प्रकृतिको variant । हालसम्म यस प्रकृतिको variant भने
फेला परिसकेको छैन ।
WHO ले
भने माथिका A र B
का आधारमा मात्र
वर्गीकरण गरेको पाइन्छ । यसरी हालसम्म संसारभर SARS-CoV-2 का लगभग १३ variant हरू
देखा परिसकेका छन् । हालै नेपालमा प्रमाणित B.1.617.1 र
B.1.617.2 variant लाई
भने WHO ले दोस्रो वर्गको (Variant of Concern, VoC) variant का रूपमा परिभाषित गरेको छ । यससँगै नेपालमा SARS-CoV-2 जम्मा तीन variant
रहेको प्रमाणित भएको छ ।
Variant को विकाससँगै खोपको प्रभावकारितामा कमी
आउँदै जान्छ । एक महिनाअघि बनेको एक variant
का लागि बनाइएको खोप
अर्को महिना देखिएको अर्को variant का लागि कामै नगर्न सक्छ । भाइरसमा mutation को
प्रक्रिया अति तीव्र देखिएको छ । भारतमा double
mutation तथा triple mutation भएको पनि पाइयो । यसले खोपको प्रकृति पनि
महिनैपिच्छे फरक फरक हुनुपर्ने देखाउँछ ।
निष्कर्ष
यदी
सन् 2003 को महामारीमा जस्तो भाइरसको प्रभाव प्राकृतिक रूपमै कम भएर नजाने हो भने
यसका variant हरूले खोपलाई निरन्तर नाकाम बनाउँदै जानेछन् र मानवीय क्षति रोक्न मुस्किल हुँदै जानेछ । यस
अवस्थामा समाधानका उपाय भने नभएका होइनन् । हालसम्म प्रयोगसिद्ध सबैभन्दा
प्रभावकारी समाधानका उपाय निम्नानुसार छन्:
·
मास्क, सेनेटाइजर
तथा निरन्तर सरसफाइ
·
एक
अर्काबीचको भौतिक दुरी कायम
·
Quarantine तथा Isolation
को पालना ।
#राजकुमार
खड्का, सुनसरी 19th
May 2021
Ref: WHO.int, CDC.gov, nature.com,
genesandhealth.org, pnas.org, bigthink.com
(Originally posted in my facebook)
No comments:
Post a Comment
If you have to comment